add

दीपक मनाङे काठमाडौँमा पक्राउ






ActPro Nepal

|

२७ कार्तिक, २०८१

|
150

काठमाडौं । गण्डकी प्रदेश सभाका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ ऊर्फ दीपक मनाङे पक्राउ परेका छन् । नेपाल प्रहरीले मनाङेलाई मंगलबार बिहान काठमाडौंको सानो र्भयाङबाट पक्राउ गरेको हो ।

मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएको थियो । मनाङे २० वर्ष पुरानो मुद्दामा दोषी ठहर भएका थिए ।

सर्वोच्च अदालतले कात्तिक २० गते मनाङेलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष सजाय सुनाएको थियो । दीपक मनाङेको समूहले २०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए । सोही घटनामा उनी दोषी ठहर भएका हुन् ।

उक्त घटनामा जिल्ला अदालत काठमाडौंले मनाङेलाई २ वर्ष जेल सजाय सुनाएको थियो । त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन (हालको उच्च) अदालत पाटन गयो । पाटन अदालतले मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो । त्यो फैसला विरुद्ध मनाङे सर्वोच्च गएका थिए । अन्ततः सर्वोच्चले पनि उच्च अदालतकै फैसला सदर गरेको हो

मनाङले मुद्दा विचराधीन अवस्थामै रहेको बेला मनाङबाट दुई कार्यकाल गण्डकी प्रदेशसभा सदस्य चुनिए भने ६ पटक मन्त्री बने ।

अदालतको फैसला कार्यान्वयनका लागि उनलाई आजै कारागार चलान गरिँदैछ । उनलाई ५ वर्ष कैट तोकिएकोमा अब २८ महिना भुक्तानी गर्न बाँकी छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.