add

युनिक नेपाल लघुवित्तको नाफा ७५% घट्यो, लाभांश क्षमता भने ९४ प्रतिशत






ActPro Nepal

|

२७ कार्तिक, २०८१

|
103

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको खुद नाफामा भारी गिरावट आएको छ । लघुवित्तले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ७४.८७ प्रतिशतले घटेको हो ।

लघुवित्तले चालु आवको असोज मसान्तसम्म ७९ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा २ करोड ३७ लाख रुपैयाँ धेरै हो । गत वर्ष पहिलो त्रैमासमा लघुवित्तले ३ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी, संचालन मुनाफा घट्दा र इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा ठूलो असर परेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २६.१६ प्रतिशतले घटेर ६ करोड १६ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, संचालन नाफा ७६.८९ प्रतिशतले घटेर १ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा बढ्दा इम्पेयरमेन्ट चार्ज बढेर २ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तले २ अर्ब ४९ करोड रुपैयाँ निक्षेप र ३ करोड सापटी लिई कुल ३ अर्ब २ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

हाल १४ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङमा १८ करोड ६३ लाख रुपैयाँ र जगेडा कोषमा १७ करोड ४४ लाख रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य नाफा १३ करोड ९४ लाख रुपैयाँ छ । यसबाट कम्पनीले ९३.८६ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ । गत वर्ष ८५.४७ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी २१.४८ रुपैयाँमा झरेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ ३३९.६८ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ह्वात्तै बढेको छ । गत वर्ष पहिलो त्रैमासमा १०.८२ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर १५.७९ प्रतिशत पुगेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.