add

६४ कम्पनीले पाए ९६० मेगावाट सौर्य विद्युत् उत्पादनको ठेक्का, कुनले कति ?






ActPro Nepal

|

२६ कार्तिक, २०८१

|
233

काठमाडौं । कुल ९६० मेगावाट सौर्य बिजुली उत्पादनको ठेक्का लागेको छ । नेपाल विद्युत् प्राधिकरणले ६४ कम्पनीलाई ९६० मेगावाट सोलार विद्युत् उत्पादन गर्न छनोट गरेको हो ।

प्राधिकरणले ८०० मेगावाट बराबरको सोलार बिजुली उत्पादनमा लागि ठेक्का आह्वान गरेको थियो । जसमा ऊर्जा उत्पादक कम्पनीहरूले २ हजार मेगावाटको लागि आवेदन हालेका थिए । प्राधिकरणले आफ्नो मागभन्दा बढी अर्थात् ९६० मेगावाट बराबरको सोलार आयोजनालाई विद्युत् उत्पादनको अनुमति दिएको हो ।

प्राधिकरणले प्रतिमेगावाट ५.९४ रुपैयाँ दरले ठेक्का आह्वान गरेको थियो । जसमा ७० कम्पनीले प्रतियुनिट ४.९९ रुपैयाँदेखि ५.९४ रुपैयाँको प्रस्ताव हालेको थियो । तीमध्ये ६४ कम्पनीले सोलार आयोजना निर्माणको ठेक्का पाएका हुन् ।

छनोटमा परेका ६४ कम्पनीले न्यूनतम ५ देखि ५० मेगावाटसम्मको सोलार परियोजना निर्माणको अनुमति पाएका छन् ।

प्राधिकरणका अनुसार १० मेगावाटभन्दा कम क्षमताका आयोजनाहरूले पीपीए भएको १८ महिनाभित्र विद्युत् उत्पादन गर्नुपर्छ । १० मेगावाटभन्दा बढी क्षमताका आयोजनाहरूले २४ महिनाभित्र उत्पादन थालिसक्नुपर्नेछ ।

छनोट भएका आयोजनाहरूसँग २५ वर्षसम्मका लागि सम्झौता गर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ । हाल प्राधिकरणले १७५ आयोजनाबाट १०६ मेगावाट सौर्य बिजुली किनिरहेको छ ।

हाल नेपालको राष्ट्रिय ग्रीडमा ३ हजार बढी मेगावाट बिजुली जोडिएको छ भने वर्षेनी थपिने क्रम बढ्दो छ । नेपालका अधिकांश हाइड्रोपावर रन अफ दी रिभर प्रकृतिका छन् । वर्षायाममा उत्पादित बिजुलीले माग धान्ने भए पनि हिउँदमा विद्युत् उत्पादन ह्वात्तै घट्दा आयात गर्नुपर्ने बाध्यता छ ।

जलविद्युत् आयोजना बनाउन वर्षौं लाग्ने गर्छ । तर, सोलार आयोजना डेढ/दुई वर्षमै बनाउन सकिन्छ । तत्कालै जलाशययुक्त ठूला आयोजना बनिहाल्ने अवस्था पनि नरहेकाले प्राधिकरणले सोलार आयोजनालाई प्राथमिकतामा राखेर अघि बढाएको हो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.