add

३६२० रुपैयाँ सेयर मूल्य भएको समाज लघुवित्त घाटामा






ActPro Nepal

|

२६ कार्तिक, २०८१

|
98

काठमाडौं । समाज वित्तीय संस्था घाटामा गएको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ४२ लाख १२ हजार रुपैयाँ नोक्सानी व्यहोरेको हो ।

जबकि, गत वर्ष पहिलो त्रैमासमा लघुवित्तले ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज र संचालन मुनाफा घट्दा घाटामा गएको हो ।

लघुवित्तको खुद ब्याज आम्दानी ९०.१२ प्रतिशतले घटेर २० लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष यही अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २ करोड २ लाख रुपैयाँ थियो ।

त्यस्तै, यस अवधिमा लघुवित्तको संचालन मुनाफा ८८ लाख ५० हजार रुपैयाँ ऋणात्मक छ । गत वर्ष सोही अवधिमा समाजको संचालन मुनाफा २ करोड ३० लाख रुपैयाँ ऋणात्मक थियो ।

हाल २ करोड २८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २ करोड ३६ लाख रुपैयाँ संचित छ ।

समीक्षा अवधिसम्म लघुवित्तले २६ करोड ५२ लाख रुपैयाँ सापटी र १३ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ४३ करोड ६३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा समाजको खराब कर्जामा भने सुधार आएको छ । गत वर्ष ४.८२ प्रतिशत रहेका खराब कर्जा चालु आवमा घटेर ४.४८ प्रतिशतमा सीमित भएको छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी १८.४३ रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ २०३.६४ रुपैयाँ छ ।

समाज नेप्सेमा सूचीकृत ५० लघुवित्तमध्ये दोस्रो धेरै महँगो सेयर मूल्य भएको लघुवित्त हो । यसको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३ हजार ६२० रुपैयाँ रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.