add

एनएलजी इन्स्योरेन्सको हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन






ActPro Nepal

|

२६ कार्तिक, २०८१

|
92

काठमाडौं । एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

कम्पनीले हकप्रद प्रयोजनका लागि भोलि (कात्तिक २७ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउने छन् ।

कम्पनीको मंसिर ११ देखि पुस १ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै एनएलजी इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रिय कार्यालयहरू, लक्ष्मी सनराइज बैंकका काठमाडौँ उपत्यका बाहिरका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु, तिशनका शाख कार्यालयका साथै मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले इन्स्योरेन्सलाई ‘इक्राएनपी इस्यूअर ए माइनस’ रेटिङ दिएको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको जनाउँदछ ।

हाल १ अर्ब ५३ करोड ९५ लाख ३६ हजार १०० रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको हकप्रदपछि २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ पुग्नेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.