काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको खुद नाफामा उछाल आएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १२१.१९ प्रतिशतले बढेको छ ।
कम्पनीले चालु आवको असोज मसान्तसम्म ३ करोड ४९ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा १ करोड ९१ लाख रुपैयाँ धेरै हो । गत वर्ष असोजसम्म कम्पनीले १ करोढ ५८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको आम्दानी बढ्दा र खर्च घट्दा नाफामा सुधार आएको हो ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १२२.६५ प्रतिशतले बढेर ४ करोड ८८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल खर्च ५६.७९ प्रतिशतले घटेर ६७ लाख रुपैयाँमा झरेको छ ।
हाल १ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा कोषमा ४१ करोड ७४ लाख रुपैयाँ संचिति छ ।
नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा सुधार आएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २.७० रुपैयाँबाट बढेर ५.४४ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ८२.०२ रुपैयाँ छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।