add

समस्याग्रस्त सहकारीले १५ दिनभित्र दायित्व फरफारक गरिसक्नुपर्ने






ActPro Nepal

|

२ कार्तिक, २०८१

|
9

काठमाडौं । समस्याग्रस्त सहकारी संस्थाहरूले १५ दिन भित्र आफ्नो दायित्व परफारक गरिसक्नुपर्ने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले बिहीबार सूचना जारी गर्दै सहकारीहरूलाई दायित्व १५ दिन भित्र फरफारक गरिसक्ने भनेको हो ।

कार्यालयले सम्रस्याग्रस्त १८ वटा सहकारीका सञ्चालक, व्यवस्थापक, ऋण सदस्य र कर्मचारीलाई दायित्व फरफारक गर्न भनेको छ ।

समितिले यसअघि पटक-पटक सूचना जारी गरेर तथा एसएमएससमेत गरेर दायित्व फरफारकका लागि ताकेता गर्दासमेत सम्पर्कमा नआएकोले समय तोकिएको उल्लेख गरेको छ ।

१५ दिन भित्र दायित्व फरफारक नगरे कानुन अनुसारकारबाही प्रक्रिया अघि बढाइने कार्यालयले चेतावनी दिएको छ ।

त्यस्तै, कार्यालयले समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न ७ दिनको ‘अल्टिमेटम’ दिएको छ । तोकिएको समयभित्र दायित्व बुझाउन नआएमा निज ऋणी र निजको एकाघर परिवारको सम्पत्ति तथा बैंक खाता रोक्का गर्ने, कालोसूचीमा राख्ने र रोक्कामा राखिएका सम्पत्ति लिलाम बिक्री गरी ऋण असुल गर्ने कार्यालयले जनाएको छ।

सरकारले स्ट्यान्डर्ड सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, प्यासिफिक सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, सोसाइटल बहुउद्देश्यीय सहकारी संस्था, प्रभु बचत तथा ऋण सहकारी संस्था, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था, ओरेन्टल कोअपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, भेगास बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ ।

त्यस्तै, तुलसी बहुमुखी सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था, श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था, गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था र पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ समस्याग्रस्त सहकारी हुन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.