add

वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछुः प्रस्तावित राजदूत यादव






ActPro Nepal

|

१७ असोज, २०८१

|
179

काठमाडौं । अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवले वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी आफूले काम गर्ने बताएकी छन्।

प्रस्तावित राजदूत यादवले बुधवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै विश्व समुदायमा नेपालको सम्मान, प्रतिष्ठा र छवि अभिवृद्धि गर्दै समग्र राष्ट्रिय हित प्रवद्र्धन गर्न राजदूतको जिम्मेवारी पाए सक्दो प्रयास गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन्।

संविधान, सरकारको नीति, निर्णय र निर्देशनअनुसार राजदूतको दायित्व पूरा गर्ने सन्दर्भमा मूल्य र मान्यताहरु हुने प्रस्तावित राजदूत यादवको भनाई थियो। त्यस अवसरमा उनले राजदूतको रुपमा आफूले इमान्दारिता र लगनशीलताका साथ जिम्मेवारी पूरा गर्ने अठोट लिएको पनि बताइन्।

उनले भनिन्, ‘वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि गर्नेगरी नेपाल र अस्ट्रेलियाबीचको बहुपक्षीय सम्बन्ध सुदृढ एवं विस्तृत बनाउन म कटिवद्ध रहनेछु। म यस पदमा रहँदा पूर्ण इमान्दारिता र लगनशीलताका साथ जिम्मेवारी निर्वाह गर्ने दृढ अठोट व्यक्त गर्दछु। विश्व समुदायमा नेपालको सम्मान, प्रतिष्ठा र छवि अभिवृद्धि गर्दै समग्र राष्ट्रिय हित प्रवद्र्धन गर्ने भरमज्दुर प्रयास गर्नेछु। नेपालको संविधानको धारा ५ मा उल्लेख भएको राष्ट्रिय हित, धारा ५० को उपधारा ४ ले व्यवस्था गरेको अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनको निर्देशक सिद्धान्त, धारा ५१ अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धि नीति, नेपाल सरकारको नीति, निर्णय र निर्देशन र परराष्ट्र मन्त्रालयको नीति, निर्णय र निर्देशन राजदूतको दायित्व पूरा गर्ने सन्दर्भमा मेरो मुख्य मूल्य र मान्यताहरु हुनेछन्।’

प्रस्तावित राजदूत यादवले अध्ययनका लागि अस्टे«लिया गएका नेपाली विद्यार्थीको समस्या समाधानका लागि पनि आफूले सक्दो पहल गर्ने बताइन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.