add

कालिञ्चोक दर्शनले हकप्रद सेयर जारी गर्ने






ActPro Nepal

|

८ पुष, २०८१

|
158

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनी संचालक समितिको पुस ७ गते बसेको बैठकले १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

हकप्रदबाट प्राप्त हुने रकम बैंकको ऋण तिर्न, होटल निर्माण गर्न र इन्भेष्टमेन्ट कम्पनीमा लगानी गर्न खर्च गरिने कम्पनीले जनाएको छ ।

उक्त हकप्रद प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा बद्रीनाथ होटल, गौशाला पिंगलास्थान काठमाडौंमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १४ गतेसम्म कामय सेयरधनी सभामा भाग लिन पाउने छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.