add

पितृसत्तात्मक मूल्य र मान्यताका कारण महिला हिंसा भइरहेको छ : विन्दा पाण्डे






ActPro Nepal

|

१४ असोज, २०८१

|
100

काठमाडौं । नेकपा एमालेकी स्थायी कमिटी सदस्य विन्दा पाण्डेले पितृसत्तात्मक मूल्य मान्यताकै कारण अझै महिला हिंसा भइरहेको बताएकी छन्।

आइतवार नेकपानिकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)ले काठमाडौँमा आयोजना गरेको महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रियामा उनले यस्तो बताएकी हुन्। 

उनले पितृसत्तात्मक मूल्य र मान्यताअन्तर्गतका सोच सबैमा रहेको भन्दै यसैकारण महिला हिंसाका घटना कम हुन नसकेको बताइन्। 

उनले यस्ता प्रवृत्तिहरु राजनीतिक दलहरुले समेत आफ्नो संगठनभित्र रुपान्तरण गर्न नसकेको आरोप लगाइन्। उनले महिला हिंसा अन्त्य गर्ने मुद्दा महिलाभन्दा बढी पुरुषको हुनुपर्ने बताइन्। 

उनले राजनीतिक दलहरुले अग्रसरता लिएमा महिला हिंसा अन्त्य हुने दावी पनि गरिन्। 

‘सबभन्दा ठूलो समस्या भनेको नै हामीमा रहेको पितृसत्तात्मक मूल्य र मान्यता छ, जसले जन्मैदेखि पुरुषलाई प्रमुख र महिलालाई मातहतको सोच राख्छ‚ व्यवहार गर्छ‚’ उनले भनिन्‚ ‘हामी परिवर्तनकामीहरुले आफ्ना सङ्गठनभित्र पनि त्यसलाई रुपान्तरण गर्न सकेनौँ। यो महिलाको मात्रै मुद्दा होइन‚ हाम्रोजस्तो समाजमा महिलाको कम र पुरुषको बढी मुद्दा हो।’ 

उनले राजनीतिक दलहरुले हिंसा गर्ने व्यक्तिलाई संरक्षण गर्न नहुने माग गरिन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.