add

सेक्युर्ड सेक्युरिटिजले ६२ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?






ActPro Nepal

|

४ असोज, २०८१

|
120

काठमाडौं । सेक्युर्ड सेक्युरिटिजले लाभांश घोषणा गरेको छ । कम्पनीले लगानीकर्तालाई ६२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०-८१ को मुनाफाबाट ५० प्रतिशत बोनस सेयर र करसहित १२ प्रतिशत नगद लाभांश दिने भएको हो ।

उक्त लाभांश पारित गर्न कम्पनीले आगामी कात्तिक ८ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा कम्पनीको रजिस्टर्ड कार्यालय प्रदर्शनीमार्ग, काठमाडौंमा दिउँसो साढे ४ बजेबाट सुरु हुनेछ ।

सभामा प्रबन्धपत्र र नियमावलीमा प्रशोधन गर्दै विशेष प्रस्ताव पनि पारित गर्नेछ । सभाले समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ ।

यसका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.