काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन सुझाव दिएकी छन्। उपसभामुख रानाले आफ्नो पदीय मर्यादालाई कायम राख्न पनि राजीनामा दिनुपर्ने उनको जिकिर थियो।
बुधवार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर उनले उपसभामुख जस्तो व्यक्तिले असम्बन्धित मान्छेलाई अमेरिका लैजान सिफारिश गर्नु पदीय जिम्मेवारीविपरीत र अपराधजन्य कार्य भएको पनि बताए।
‘यस सभामा उपसभामुखमाथि प्रश्न उठेका छन् सभामुख महोदय। प्रश्न इन्दिरा राना मगरमाथि होइन, उपसभामुख इन्दिरा राना मगरको हो। उपसभामुखको पदीय जिम्मेवारी र मर्यादाको कुरा हो‚’ सांसद गौतमले भनिन्, ‘उपसभामुख जस्तो जिम्मेवारीमा रहेर असम्बन्धित व्यक्तिहरुलाई जस्केलाबाट कार्यक्रममा लैजान सिफारिश गर्नु पदीय दुरुपयोग हो र यो गम्भिर अपराधसमेत हो।’
उनले महिलाको कुरा गरेर, करुणाको कुरा गरेर उपसभामुखबाट भएको गल्तीलाई माफी दिन नसकिने पनि बताइन्। सांसद गौतमले पदबाट राजीनामा दिएर उपसभामुख रानाले इमानको मानक राख्न सक्नुपर्ने समेत बताइन्।
‘जसको सन्दर्भमा स्वयम उपसभामुखज्यूले साउन ४ गते स्पष्टीकरण दिँदै धेरै कुरा स्वीकार गरिसक्नु भएको छ। यहाँ विषय करुणा र संख्या अनि महिलाको होइन। संविधान र कानूनले व्यवस्था गरेको पदीय दायित्व र मर्यादाको कुरो हो सभामुख महोदय‚’ सांसद गौतमले भनिन्, ‘मेरो उपसभामुखज्यूलाई आग्रह छ– तपाईंले इमानको मानक राख्नुस्, मार्ग प्रशस्त गर्नुस्‚ उपसभामुख पदबाट राजीनामा दिनुस्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।