काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले तत्कालीन माओवादी विद्रोहलाई संविधान र कानूनमा कहीँ पनि जनयुद्ध भन्ने उल्लेख नभएको बताएका छन्।
बुधवार प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रका सांसदहरुले माओवादी विद्रोहलाई एमालेका सचिव योगेशकुमार भट्टराईले हिंसा भन्नु संविधान विपरित भएको जिकिर गरेका थिए। त्यसको जवाफ दिने क्रममा एमालेका प्रमुख सचेत बर्तौलाले संविधान, कानून, विस्तृत शान्ति सम्झौता र हालै पारित भएको टिआरसी विधेयकमा पनि माओवादी विद्रोहमा हिंसा र प्रतिहिंसा भएको स्पष्ट उल्लेख गरेको स्मरण गराउँदै त्यसलाई बिर्सन नमिल्ने बताए।
प्रमुख सचेतक बर्तौलाले संसदमा प्रयोग भएको शब्दमाथिको विवाद निरुपण गर्ने सभामुखको अधिकारमाथि धावा नबोल्न पनि माओवादी केन्द्रका सांसदहरुलाई चेतावनी दिनुभयो । सशस्त्र द्वन्दको क्रममा हिंसा भयो, प्रतिहिंसा भयो भनेर विस्तुत शान्ति सम्झौतामा नै उल्लेख गरिएको होइन रु भनि माओवादी केन्द्रका सांसदहरुलाई उनले प्रश्न पनि गरे ।
उनले भने, ‘संसदमा प्रयोग भएको हिंसाको शब्दको बारेमा भएको नियमापत्ति र त्यसका सन्दर्भमा निर्णय गर्ने अन्तिम निर्णयकर्ता, त्यो अधिकार सम्माननीय सभामुख महोदयलाई छ । यो मेरो कुरा होइन । हामी सबैको नियमावलीले त्यो भन्छ । हाम्रो संसदको ऐनले, कानूनले त्यो बताउँछ । सम्माननीय सभामुखको चियरबाट जब त्यो निर्णय आयो । त्यसका विरुद्धमा जसरी सम्माननीय सभामुख महोदयमाथि नै आपेक्ष लगाउने गरी जसरी प्रश्तुती यहाँ देखियो । यो दुःखद् छ ।’
प्रमुख सचेतक बर्तौलाले शान्ति प्रक्रियाका बाँकी कामलाई अघि बढाउन सरकारलाई खवरदारी गर्नुपर्नेमा त्यसलाई भाँड्ने खालका कुरा गरेर प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले गलत काम गरिरहेको आरोप पनि लगाए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।