add

उपसभामुख रानालाई मार्गप्रशस्त गर्न काँग्रेसको आग्रह






ActPro Nepal

|

२७ भदौ, २०८१

|
103

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपसभामुख रानालाई आफैँ मार्गप्रशस्त गर्न आग्रह गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले बैठकले सत्तारुढ दलहरुको बैठक बसेर उपसभामुखबारे साझा धारणा बनाउने निर्णय भएको बताए। उनले अनाधिकृत रुपमा उपसभामुखले असम्बन्धित व्यक्तिहरुलाई आफूसँगै कार्यक्रममा लैजान दिन भनेर अर्को देशको राजदूतावासलाई पत्र लेख्नु संसदीय व्यवहार नभएको निस्कर्ष निकालेको बताए।

उपसभामुख आफैँले राजीनामा दिनुपर्ने र अर्को देशको राजदूतावासको सम्बन्धका विषयलाई लिएर गर्नै नहुने काम गरेको कांग्रेसको निस्कर्ष रहेको बताए। उनले उपसभामुखले पत्र लेखेर कुटनीतिक नियोगलाई आग्रह गर्न नमिल्ले र गर्नैपर्ने भए सचिवालयमार्फत परराष्ट्र मन्त्रालय हुँदै जानुपर्ने बताए। उपसभामुखको सो कार्यले संसदलाई अपमानित गरेको र मुलुकको शिर झुकाएको बताए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.