काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वीपी कोइरालाले अगाडि सारेका नीतिहरु आज पनि समय सान्दर्भिक रहेको बताएका छन्।
सोमवार सिंहदरबार परिसरमा वीपीको १११औँ जन्यजयन्तीको अवसरमा वृक्षरोपण गर्दै मन्त्री ठकुरीले यस्तो बताएका हुन्।
वीपीको लोकतान्त्रिक समाजवाद र प्रजातान्त्रिक समाजवादको परिकल्पना र उनले देखाएको बाटो आज पनि समय सान्दर्भिक रहेको बताए। वीपीलाई जति स्मरण गर्छौं त्यति नै आज देशका लागि लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रप्रतिको सम्मान हुने बताए।
‘वीपी कोइरालाले देखाउनुभएको बाटो, उहाँले लोकतान्त्रिक समाजवाद र प्रजातान्त्रिक समाजवाद जुन परिकल्पना गर्नुभएको थियो‚ त्यो कुरा आज पनि त्यत्तिकै सान्दर्भिक छ‚’ उनले भने, ‘आज पनि उहाँले लिएका त्यो बेलाका नीतिहरु, उहाँले गर्नुभएको कार्यहरु नेपालको सन्दर्भमा समय सान्दर्भिक हुँदै गएका छन्।’
मन्त्री ठकुरीले वीपीको स्मरणमा आज रोपिएको रुखले नेपालको सन्दर्भमा वातावरण र यससँग जोडिएका समग्र विषयमा महत्वपूर्ण योगदान दिने उल्लेख गरे
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।