एमालेसँगको गठबन्धन रहर नभई बाध्यता हो : मन्त्री पाण्डे






ActPro Nepal

|

२३ भदौ, २०८१

|
44

काठमाडौं । स्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री बद्रीप्रसाद पाण्डेले एमालेसँगको गठबन्धन रहर नभई बाध्यता भएको बताएका छन्। 

शनिबार सूर्यप्रसाद उपाध्यायको चालिसौं स्मृति दिवसका अवसरमा ‘नेपाली कांग्रेसका प्रमुख संस्थापकको वास्तविक पहिचान र यथोचित सम्मान’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले राजनीतिक अस्थिरताबाट मुलुकलाई मुक्त गर्नको लागि ८४ सम्म एमालेसँगको गठबन्धनलाई लिएर जाने बताएका हुन्। 

‘अहिले कम्युनिष्टसँगको मेलमिलाप र सहकार्यको नीति रहर होईन बाध्यता हो। हामी होसियार हुनुपर्ने कुरा भनेको हाम्रो मौलिकता जोगाउने विषयमा हो। राजनीतिक स्थिरता जरुरी भयो,’ उनले भने, ‘माओवादी अध्यक्षले जुन राजनीतिक अस्थिरताको भूमिका निर्वाह गर्नुभयो, त्यसबाट मुलुकलाई मुक्त गर्नको लागि ८४ सम्म एमालेसँगको गठबन्धनलाई लिएर जान्छौं। ८४ मा पुगेपछि हाम्रो मूल प्रतिस्पर्धी एमाले नै हो।’ 

मन्त्री पाण्डेले उनले इतिहासका कुनै पनि कालखण्डमा सूर्यप्रसाद उपाध्याय नछुटेको भन्दै उनले अन्य नेताहरु सरह सम्मान पाउनु पर्ने पनि बताए। 

‘के कारणले इतिहासको कुन त्यस्तो कालखण्ड, मोड र घटना हो, जहाँबाट सूर्यप्रसाद उपाध्याय छुट्नु भयो, अरु नेताहरु भने शिरमा राख्न मिल्ने गरिरहनु भयो भन्ने कुरा पनि एउटा गम्भीर समिक्षा हो,’ उनले भने। 

सूर्यप्रसाद उपाध्याय दानी र नेतृत्व गर्न सक्ने क्षमता भएको व्यक्ति भएको भन्दै नेपालको राजनीतिमा उनलाई एउटा ज्ञानी व्यक्तित्वको रुपमा चिन्ने गरेको पनि उनको भनाई छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.