add

निर्माणाधीन संसद् भवनको काम अझै डेढ वर्ष सकिएला जस्तो छैन : सभामुख घिमिरे






ActPro Nepal

|

२१ भदौ, २०८१

|
134

काठमाडौँ । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवनको काम सकिन अझै डेढ वर्ष लाग्ने देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आगामी चैत्र २० गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौता रहेपनि समयावधि भित्रै सक्नेगरी काम हुन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । 

बिहीबार निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख घिमिरेले सात महिना भित्रमा बाहिरको भौतिक पूर्वाधारसम्म बनाउनसके पनि भित्रका फिनिसिङका कुराहरू सम्पन्न गर्न समयावधि पछिका ७ महिना जति लाग्ने देखिएको उल्लेख गरे । उनले अझै डेढ वर्षभन्दा अगाडि नयाँ संसद् भवनबाट काम गर्न सकिने अवस्था नरहेको भन्दै छिटो काम सम्पन्न गर्न आग्रह गरे । निर्माणका लागि कुनै जटिलताहरू भए सरकारसँग छलफल गरी समाधान गर्न पनि उनले आग्रह गरे । 

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले असार मसान्तसम्म भौतिक प्रगति मूल्यांकन ८१ प्रतिशत रहेको बताए । उनले भवनहरूमा छानाको काम सबै सम्पन्न भइसकेको पनि बताए । उनले इलेक्ट्रिफिकेशन स्यानेटरीको कामहरू अघि बढिरहेको जानकारी दिए । १९ प्रतिशत बाँकी निर्माण कार्य चैत्र २० गतेभित्र सम्पन्न गर्न निर्माण व्यवसायीसँग निर्धारित कार्यतालिकासमेत माग गरेर अघि बढेको उनले जानकारी दिए । 

महानिर्देशक महर्जनले निर्माण कार्य समयमै सक्न दुई चरणमा काम गर्न निर्देशन दिएपनि अहिलेसम्म सुरु नभएको बताए । निर्माण कार्य निर्धारित समयमै सक्नेगरी काम गर्नुपर्नेमा सरकारको जोड रहेको उनले बताए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.