add

अस्पतालका सबै सेवा प्रभावकारी बनाउनु : संसदीय समिति






ActPro Nepal

|

२१ भदौ, २०८१

|
83

काठमाडौँ । =प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले अस्पतालहरूका आकस्मिकलगायत सबै प्रकारका सेवा प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ।

बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले अस्पतालका आकस्मिकलगायत सबै प्रकारका सेवा प्रवाह प्रभावकारी बनाई सर्वसाधारणको सहज सेवा पाउने अधिकार सुनिश्चित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो। 

‘आज भएको छलफलको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई औषधिको गुणस्तर र सुनिश्चितताका लागि उत्पादन, बिक्री वितरणलगायत नियमन गर्न र दर्ता नभएका पोषण परिपूरकको जथाभावी बिक्री वितरण भइरहेको गुनासो आएकाले प्रभावकारी अनुगमन गरी नियमन गर्न निर्देशन दिने’‚ उनले भने। 

बैठकपछि समितिका सभापति अम्मरबहादुर थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई औषधिको गुणस्तर र सुनिश्चितताका लागि उत्पादन, बिक्री वितरणलगायत नियमन गर्न र दर्ता नभएका पोषण परिपूरक जथाभावी बिक्री वितरण भइरहेको गुनासो आएकाले प्रभावकारी अनुगमन गरी नियमन गर्न निर्देशन दिए।

समितिले स्वास्थ्य बीमा योजना व्यवस्थित गर्ने, स्वास्थ्य बीमाअन्तर्गत समावेश तथा विरामीका लागि आवश्यक सबै प्रकारका औषधि अस्पतालका फार्मेसीबाटै सहजै प्राप्ति सुनिश्चित गर्न निर्देशन दिए। 

सहज स्वास्थ्य सेवा पाउने अवस्था सुनिश्चित गर्ने सम्बन्धमा समितिले यसअघि दिएका निर्देशन कार्यान्वयन गरी त्यसको प्रगति विवरण १० दिनभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिए। 

‘स्वास्थ्य बीमा योजनालाई व्यवस्थित गर्ने, स्वास्थ्य बीमाअन्तर्गत समावेश तथा विरामीका लागि आवश्यक सबै प्रकारका औषधि अस्पतालका फार्मेसीबाटै सहजै प्राप्तिको सुनिश्चितता गर्ने लगायत सबै प्रकारका सेवा प्रवाह प्रभावकारी बनाई आम नागरिकको सहज सेवा पाउने अवस्था सुनिश्चित गर्न समितिले विगतमा दिएका निर्देशन कार्यान्वयन गरी सोको प्रगति विवरण १० दिनभित्र समितिसमक्ष उपलब्ध गराउन निर्देशन दिने।’

सभापति थापाले स्वास्थ्य मन्त्रालयबाट यस वर्ष एउटा पनि कानुन नआएको बताए। शिक्षा र स्वास्थ्यमा सुधार नगरे देशको भविष्य बनाउन नसकिने बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.