add

‘जलवायु परिवर्तनका मुद्दाको अगुवाई वामपन्थीहरुले गर्नुपर्छ’






ActPro Nepal

|

२१ भदौ, २०८१

|
60

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जलवायु परिवर्तनका मुद्दाको अगुवाई वामपन्थीहरुले गर्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा 'नेपालमा समाजवादः चुनौति र सम्भवाना' विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्।

"केही नयाँ इस्युहरु आएका छन्। जुन इस्युहरुको लिड वामपन्थीहरुले, समाजवादीहरुले लिनुपर्छ। जलवायु संकट, जलवायु परिवर्तनको तहबाट जलवायु संकटको तहमा पुगेका छौं। त्यसले ढोका ढक्ढक्याउन थालेको छ। त्यो मुद्दाहरुको अगुवाई हामी वामपन्थीहरुले गर्नुपर्छ। किनभने जलवायु संकटका एकमात्र कारकहरु भनेका दोहन र नाफाबाहेक अरु केही नसोच्ने पुँजीवादी व्यवस्थाहरु हुन्।" उनले भने।

अहिले जलवायु परिवर्तनबाट जलवायु संकटको स्थितिमा पुगेको भन्दै यि मुद्दाहरु उठाउने कामको अगुवाई वामपन्थीहरुले गरेको उनको भनइ थियाे। "श्रमीकहरु झनझन संकटमा पर्न थालेका छन्। जुन हिसावले उत्पादनका ढाँचाहरु बदलिएका छन्, त्यो स्थितिभित्र हिजोको संगठित श्रम कमजोर हुँदै गएर मान्छेका आउटसोर्समाध्यमबाट, अरु विभिन्न ढंगले, प्रविधिमा लिड गर्ने कुराहरु छन्।" उनले सुनाए।

उपमहासचिव ज्ञवालीले २०६२/०६३ को क्रान्तिले आर्थिक आधार परिवर्तन गर्न नसकेको जिकिर गरे। २० प्रतिशत गरिबीको रेखामुनी रहेका नागरिकलाई गरिबीमुक्त गराउनुपर्ने नेतृत्व वामपन्थीहरुले लिनुपर्ने उनकाे भनाइ थियाे।

उनले राष्ट्रिय पुँजी निर्माण, सबै नागरिकमा शिक्षा, स्वास्थ्यको पहुँचमा जोड दिनुपर्ने बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.