add

विद्यालय शिक्षा विधेयक, २०८० लाई व्यवस्थित गर्न उपसमिति गठन हुने






ActPro Nepal

|

१९ भदौ, २०८१

|
101

काठमाडाैँ । विद्यालय शिक्षा विधेयक, २०८० लाई व्यवस्थित गर्न उपसमिति गठन हुने भएको छ। बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समिति सभापति अम्मरबहादुर थापाले उपसमिति गठन गरी विधेयकलाई अझ व्यवस्थित बनाइने बताए। उनले असल शिक्षा बनाउनका लागि केके मोडलमा जान सकिने हो? समितिले पनि प्रश्ताव तयार पार्ने र सरकारको पनि धारणा सुनेर थप व्यवस्थित बनाउन उपसमिति वा समन्वय समिति बनाउने बताए। उनले उपसमिति भने आगामी बैठकबाट बनाइने पनि जानकारी दिए।

उनले भने, ‘असल शिक्षा बनाउनका लागि केके मोडलमा जान सकिने हो ? हामी पनि प्रश्ताव गरौँ । सरकारको धाराण पनि यसमा संलग्न गरौँ । यसका लागि उपसमिति वा समन्वय समिति बनाएर पनि अघि बढौँ की भन्ने मेरो चाहना छ । मन्त्रीज्युसँग पनि छलफल गरेको छु । यसलाई अन्तिम रुप दिन त्यो राम्रो हुन्छ की जस्तो लागेको छ । सबै दलको प्रतिनिधित्व हुनेगरी त्यो किसिमको समिति बनाउँ भन्ने छ।'

सभापति थापाले विधेयकको विषयमा छनोट गरेर कुनकुन राख्दा विधेयक अझ राम्रो हुन्छ त्यसमा अघि बढ्नेगरी तयारी गर्न पनि आग्रह गरे।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.