add

एमसिसीमा सैन्य रणनीति जोडिएको छैन भन्नसक्ने स्थिति अझै छैनः महासचिव गुरुङ






ActPro Nepal

|

१९ भदौ, २०८१

|
81

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले एमसिसी परियोजनामा सैन्य रणनीति जोडिएको छैन भन्नसक्ने स्थिति अझै नरहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन  । उनले कतिपय क्षेप्यास्त्रहरु विद्युतबाट चार्ज गर्ने प्रकारको मोडालिटी पनि विकास भएको उल्लेख गर्दै नेपालमा त्यसको सम्भावना रहेकाले यसै भन्न सकिने स्थिति अझै नरहेको बताए ।

 उनले होनुरुल भन्ने समुन्द्री हवाई टापुमा अमेरिकी सेना क्याम्प रहेको र त्यहाँ थुप्रै हातहतियार उत्पादन गर्ने क्रममा एउटा क्षेप्यास्त्र उत्पादन गरेको बताए। उनले सो क्षेप्यास्त्रलाई चार्ज गर्न ४ सय केबी भोल्टेज विद्युत चाहिने बताए । उक्त क्षेप्यास्त्र पानीभित्र पनि लुकाएर राख्ने भएकाले नेपाल सजग हुनुपर्ने बताए ।  

उनले भने,‘‘अहिलेको स्थितिमा विद्युतको प्रयोग त हरेक ठाउँमा भइरहेको छ । प्रयोग गर्दै जाने क्रममा अहिले कतिपय क्षेप्यास्त्रहरु विद्युतबाट चार्ज गर्ने प्रकारको मोडालिटी पनि डेभलप भएको छ । अहिले होनुरुल भन्ने समुन्द्री हवाई टापुमा अमेरिकी सेना क्याम्प त्यहाँ छ । त्यहाँ थुप्रै हातहतियार उत्पादन गर्ने क्रममा एउटा क्षेप्यास्त्र पनि उत्पादन गरेको छ । त्यो क्षेप्यास्त्र चार्ज गर्न ४ सय केबी भोल्टेज कन्टिन्यु चाहिरहन्छ । त्योसँग कति सम्बन्ध छ, छैन थाहा छैन । तर शंका गर्ने ठाउँ हुनसक्छ । त्यो सामान समुन्द्रभित्र लुकाएर राख्छ । फायर गर्ने क्रममा समुन्द्र खोलेर फायर गर्छ । त्यो प्रयोग गर्दैन भनेर भन्न सकिँदैन । त्यसकारण सैन्य रणनीति जोडिएको छैन भनेर भन्न सकिने ठाउँहरु छैन ।’

उनले अहिले नेपालको इतिहासमै राष्ट्रियतामाथिको संकट गम्भीर रुपमा देखिएको उल्लेख गरे ।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.