add

नबिल बैंकले घर बनाउन ७.९९ प्रतिशतमै ऋण दिने






ActPro Nepal

|

४ भदौ, २०८१

|
128

काठमाडौं । नबिल बैंकले ऋणीलाई ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने भएको छ ।

नबिल बैंकले आधार दर सरह नै ब्याजदरमा घर कर्जा दिने भएको हो । बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना अन्तर्गत ७.९९ प्रतिशत ब्याजदरमै घर कर्जा उपलब्ध गराउने भएको हो ।

बैंकले भदौ महिनाका लागि ७.६३ प्रतिशत आधार दर निर्धारण गरेको छ । आधार दरमा ३ प्रतिशतसम्म प्रिमियम थप लिने गरिएको बैंकले जनाएको छ । सो आधारमा घर कर्जाको ब्याजदर १०.६३ प्रतिशत ब्याजदर हुन आउँछ ।

तर, सो योजनाअन्तर्गत बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउने बैैंकको भनाइ छ । बैंकले अधिकतम ३० वर्षसम्म अवधिका लागि घर कर्जा दिनेछ । ७.९९ प्रतिशत ब्याजदर ७ वर्षसम्मका लागि स्थिर हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.