काठमाडौं । सेयर बजारमा करेक्सन आएको छ । गत साता २३४ अंकले बढेको नेप्से यससाता पहिलो दिनमै ३४ अंकले घटेको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबारमा १ अर्बले घटेर २८ अर्ब ८३ करोड रुपैयाँमा सीमित भएको छ ।
आइतबार नेप्से परिसूचक ३४.४७ अंकले घटेर २९.६६ बिन्दुमा आइपुगेको छ । आज ३३० कम्पनीको ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ मध्ये ९ समूहको परिसूचक घटेको छ भने ४ समूहको बढेको छ । बैंकिङ समूहको परिसूचक सर्वाधिक ०.८४ प्रतिशतले बढेको छ भने होटल समूहको ४.४९ प्रतिशतले घटेको छ । त्यस्तै, हाइड्रोपावर र अन्य समूहको परिसूचक पनि ३ प्रतिशतले घटेको छ ।
आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ८२ करोड १४ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अपि पावरकोे ७८ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका कम्पनीमध्ये ४७ कम्पनीको मूल्य बढेको छ भने १९७ कम्पनीको घटेको छ ।
घट्दो बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन, मल्टिपर्पस फाइनान्स र सम्पदा लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
आज नेपाल फाइनान्सका सेयरधनीले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।