टिआरसी विधेयक संसदको चालु अधिवेशनबाटै पारित हुन्छ : प्रधानमन्त्री






ActPro Nepal

|

२९ साउन, २०८१

|
72

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्वन्धी (टिआरसी) विधेयक संसदको चालु अधिवेशनबाटै पारित हुने भनाई राखेका छन्। 

महान्यायाधीवक्ताको कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन्। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा नेताहरुले धारणा राखेपछि दुई दिन भित्र  विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा जाने बताए। 

विधेयक संसदबाट पारित हुँदा ठूलो उपलब्धि हुने भनाई प्रधानमन्त्री ओलीको छ । पीडितमैत्री भएर विधेयक अघि बढाइएको दाबी ओलीको थियो। 

‘टिआरसीसम्बन्धी सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक समितिबाट पारिस भएर आज प्रतिनिधि सभामा पेश भएको छ। त्यस सम्बन्धमा भोलि राजनीतिक दलका नेताले राय व्यक्त गर्नुहुन्छ। त्यसपछि त्यो एक दुई दिनमा पारित हुन्छ र राष्ट्रिय सभामा जान्छ,’ सरकारी वकीललाई संवोधन गर्नेक्रममा प्रधानमन्त्री ओलीले भने।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.