add

नेपालमा हालसम्म ४० वटा हेलिकप्टर दुर्घटना, कहिले कहाँ ? (सूचीसहित)






ActPro Nepal

|

२४ साउन, २०८१

|
96

काठमाडौँ । काठमाडौँबाट रसुवाको स्याफ्रबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित गुर्जे नजिकै दुर्घटना भएको छ ।

बुधबार दिउँसो १:५४ बजे काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २:१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका-७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको थियो । उक्त हेलिकप्टर उडेको ३ मिनेटमै सम्पर्कविहीन भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ (तीन पुरुष र एक महिला) नागरिकको मृत्यु भएको हो ।

सो दुर्घटनामा परी मृत्यु भएका मृतकहरूको शव सङ्कलन भई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याउने कार्य भइरहेको प्राधिकरणले जनाएको छ ।

यससँगै नेपालमा हालसम्म दुर्घटना हुने हेलिकप्टरको संख्या ४० वटा पुगेको छ । ४५ वर्षको अवधिमा नेपालमा ४० वटा हेलिकप्टर दुर्घटना भएको हो ।

प्राधिकरणको तथ्यांक अनुसार नेपालमा पहिलोपटक सन् १९७९ डिसेम्बर २७ मा लाङटाङमा हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो ।

अन्तिम पटक सन् ११ जुलाई २०२३ मा सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको थियो । त्यस दुर्घटनामा पनि ६ जनाको मृत्यु भएको थियो ।

सन् २००६ मा एकै वर्षमा ५ वटा हेलिकप्टर दुर्घटना भएको थियो । ती दुर्घटनमा २४ जनाको मृत्यु भएको थियो ।

हेर्नुहोस् हेलिकप्टर दुर्घटना र मानवीय क्षतिको विवरण



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.