add

नेप्सेमा शतकको छलाङ, यी १३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट






ActPro Nepal

|

२३ साउन, २०८१

|
194

काठमाडौं । सेयर बजारले उच्च अंकले कमब्याक गरेको छ । मंगलबार एकैदिन १४५ अंकले घटेका नेप्से आज १०८ अंकले कमब्याक गरेको हो ।

सूचकमा उछाल आए पनि कारोबार रकममा भने भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज कारोबार रकम पौने ५ अर्बले घटेर १७ अर्ब ९५ करोड रुपैयँँमा सीमित भएको छ ।

बुधबार नेप्से परिसूचक १०८.६७ अंकले बढेर २७५९.६७ बिन्दुमा पुगेको छ । आज ३३० कम्पनीको ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयर किनाबेच भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ  । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै ७.६३ प्रतिशतले बढेको छ । त्यस्तै, होटल, हाइड्रोपाव र व्यापार समूहको परिसूचक ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब ५३ करोड रुपैयाँ बढीको १६ लाख ९४ हजार २१ कित्ता सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल फाइनान्सको ६५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका मध्ये २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको मात्र मूल्य घटेको छ ।

उच्च अंकले बढेको बजारमा आज १ दर्जन बढी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, मैलुङखाेला, दोल्ती पावर, सिटी होटल र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, सेन्ट्रल फाइनानस, कुथेली बुखरी स्मल हाइड्रोपावर, साइन रेृसुंगा डेभलपमेन्ट बैंक, मकर जितुमाया हाइड्रोपावरको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.