add

नेप्सेमा दोहोरो अंकको करेक्सन, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट






ActPro Nepal

|

९ साउन, २०८१

|
85

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको करेक्सन आएको छ । साउन १ गतेदेखि लगातार ६ कारोबार दिनमै ३२२ अंकले बढेको नेप्सेमा आज २७ अंकको करेक्सन आएको हो ।प्रफिट बुक गर्ने हाबी हुँदा नेप्सेमा करेक्सन आएको हो ।

बुधबार नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ बिन्दुमा आइपुगेको छ । सूचकमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम २ अर्ब ९ करोडले बढेर १६ अर्ब २० करोड रुपैयाँ पुगेको छ । यो ३५ महिना यताकै धेरै हो ।

आज ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये फाइनान्स र होटल बाहेक अरु सबैको परिसूच्क घटेको छ । फाइनान्स समूह सर्वाधिक १.१६ प्रतिशतले बढेको छ भने व्यापार समूह ३.०९ प्रतिशतले घटेको छ ।

आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ३६ करोड ७ लाख रुपैयाँ बढीको ५ लाख ४१ हजार ७३ कित्ता सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ३४ करोड रुपैयाँ बढीको सेयर खरिद बिक्री भएको छ ।

कारोबारमा आएका मध्ये ४६ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको मूल्य घटेको छ ।

दोहोरो अंकले घटेको बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल, एशियन हाइड्रोपाव र चन्द्रागिरि हिसका लगानीकर्ताले १० प्रतिशत कमाएक छन् ।

त्यस्तै, समृद्धि फाइनान्स र आरम्भ चौतारी लघुवित्तका सेयरधनीले पनि ९ प्रतिशतभन्दा धेरै कमाएक छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.