add

राष्ट्र बैंकको कारबाहीमा परे ५ विकास बैंक र ३ फाइनान्स कम्पनी






ActPro Nepal

|

२ साउन, २०८१

|
275

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँचवटा विकास बैंक र तीनवटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा राष्ट्र बैंकले गरेको अनुसन्धानको क्रममा नियम उल्लंघन गरेको पाइएपछि ५ विकास बैंक र ३ फाइनान्स कम्पनीलाई कारबाही गरेको हो ।

राष्ट्र बैंक सुपरीवेक्षण विभागका अनुसार कारबाहीमा पर्नेमा कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंक कारबाहीमा परेका छन् ।

त्यसैगरी, बेस्ट फाइनान्स, रिलायन्स फाइनान्स र प्रोग्रेसिभ फाइनान्स राष्ट्र बैंकको कारबाहीमा परेका छन् ।

राष्ट्र बैंकका अनुसार कर्णाली विकास बैंकले अनिवार्य नगद मौज्दात कायम नगरेकाले २ हजार ५४६.७२ रुपैयाँ जरिवाना गरिएको छ ।

राष्ट्र बैंकले नारायणी डेभलपमेन्टलाई यसअघि गरिएको शीघ्र सुधारात्मक कारबाहीलाई निरन्तरता दिएको छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकलाई वासलात तथा नाफा-नोक्सान हिसाबको विवरण ढिलो पेश गरेको तथा त्यस्तो विवरण सर्वसाधारणको जानकारीको लागि यस बैंकले तोकेको समयावधि भन्दा ढिला हुने गरी सार्वजनिक गरेकाले सचेत गराएको छ ।

त्यसैगरी, सिन्धु विकासलाई पूँजीकोष अनुपात कायम नगरेको, एकीकृत निर्देशनको व्यवस्था विपरीत चेक खरिद गरको, चेकलाई धितोको रुपमा लिएको र सो चेकको आधारमा रु.२ करोड ५० लाख बराबरको सेयर धितो फुकवा गर्ने निर्णय सञ्चालक समितिबाट गरे गराएको, व्यक्तिगत जमानीमा ऋण प्रवाह गरिएका ४ वटा ऋणीहरुलाई प्रवाह गरिएको कर्जाको साधारण व्याज समेत मिनाह गरी साँवा रकम मात्र असुल उपर गर्ने सञ्चालक समितिको निर्णयबाट संस्थालाई हानी पुगेकाले ५ लाख नगद जरिवाना तिराएको छ ।

त्यस्तै, एक्सेल वासलात तथा नाफा-नोक्सान हिसाबको विवरण यस बैंक समक्ष ढिलो पेश गरी त्यस्तो विवरण सर्वसाधारणको र समयमै लेखा परीक्षण सम्पन्न नगरेकाले सचेत गराएको छ ।

त्यस्तै, रिलायन्स, प्रोग्रेसिभ र बेस्ट फाइनान्सलाई तथा नाफा-नोक्सान हिसाबको विवरण ढिला पेस गरेको, तोकिएको समय भित्रै सार्वजनिक नगरेकाले सचेत गराएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.