उखु किसानले पाए १ अर्ब ६१ करोड भुक्तानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका-१ रामनगरमा अवस्थित एभरेष्ट सुगर मिलबाट उखु किसानले १ अर्ब ६१ करोड १० लाख ६३ हजार रुपैयाँ भुक्तानी लिएका छन् ।

एभरेष्ट सुगर मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले १४ हजार ५००किसानलाई उक्त रकम भुक्तानी दिइएको  बताए। उनले भने, ‘चालु आर्थिक वर्षको किसानको बक्यौता चुक्ता भएको छ ।’

समयमै भुक्तानी पाएपछि उत्साहित भएका उखु किसानले थप जमिनमा उखु रोप्ने बताएका छन् । गौशाला नगरपालिका-११ का किसान दिनेश कुशवाहाले थप जमिनमा खेती बढाउने बताए।

उक्त मिलले चालु आर्थिक वर्षमा महोत्तरी, धनुषा, सर्लाही र रौतहटका १४ हजार ४४४ जना किसानबाट २९ लाख ४ हजार ५११ क्विन्टल उखु खरिद गरेर कूल २ लाख ६४ हजार ४९१ क्विन्टल चिनी उत्पादन गरेको महाप्रबन्धक ठाकुरले जानकारी दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।