add

आइसिसी टी- २० विश्वकप : नेपाल र श्रीलंकाबीचको खेल रद्द






ActPro Nepal

|

३० जेठ, २०८१

|
504

काठमाडौं। आइसिसी टी- २० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । यससँगै नेपाल र श्रीलंकाले एक एक अंक बाँडेका छन्।

टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल टस समेत नभई रद्द भएको छ।

भारी वर्षाका कारण खेल रद्द भएको हो। दुवै टिमले एक एक अंक बाँडेका छन्। बिहानैदेखिको वर्षा बेलुकी केही समय रोकिएपनि मैदानमा पानी जमेका कारण खेल हुन सकेन्। 

लगातार दुई खेलमा पराजित श्रीलंका भने बाहिरिएको छ भने नेपालको आशा जिवितै रहेको छ। अब बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्टइन्डिज जानेछ। वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले यही जेठ ३२ गते दक्षिण अफ्रिका र आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ।

खेल हेर्नका लागि अमेरिकाभर तथा अरू देशबाट फ्लोरिडा पुगेका हजारौं दर्शक मौसमले खेल रद्द हुँदा खिन्न बनेर फर्किन बाध्य बनेका छन्। केही समर्थकहरु खेल सुरु हुनभन्दा तीन घन्टा पहिले नै रंगशाला पुगेका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.