कृष्णभीर पहिरोस्थलबाट परीक्षण गर्न ग्यास बुलेटसहित सवारीसाधन पास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । कृष्णभीर क्षेत्रमा गएको पहिरोका कारण अवरुद्ध बनेको सडक पुनः सञ्चालनमा ल्याउने क्रममा परीक्षणका रूपमा सवारीसाधन पास गराइएको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार काठमाडौं–चितवनतर्फबाट एउटा बुलेट सवारीसहित करिब २० वटा सवारीसाधन परीक्षणका रूपमा सफलतापूर्वक पास गराइएको हो। त्यसैगरी, चितवन–काठमाडौँतर्फबाट एउटा भारी सवारीसाधन पनि सुरक्षित रूपमा सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने कार्य तीव्र गतिमा अघि बढिरहेको छ। सडकको अवस्था निरन्तर अनुगमन गर्दै आवश्यक मर्मत तथा व्यवस्थापनका काम भइरहेको जनाइएको छ।

सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि यात्रु तथा सवारीसाधनको आवागमन थप सहज र सुरक्षित हुने मन्त्रालयको विश्वास छ। हाल सम्बन्धित निकायले सडक खुलाउन आवश्यक सबै तयारीलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।