add

कार्यदलको बैठक विना निष्कर्ष टुंगियो






ActPro Nepal

|

११ जेठ, २०८१

|
257

काठमाडौ‌ ।  सहकारी ठगी प्रकरणमा छानबिनका लागि बन्ने संसदीय समितिको क्षेत्राधिकार ‘टीओआर’मा सहमतिका लागि बसेको कार्यदलको बैठक बिना निश्कर्ष टुंगिएको छ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेसँगै ठगीको उजुरी परेका सबै सहकारीको छानविन हुनुपर्ने अडान राख्दै आएको छ।

बैठकबाट बाहिरिएका एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सहमति नजुटेको बताएका छन्।

कांग्रेसले गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेमाथि छानबिन गर्ने भन्ने प्रस्ट भाषा राखिनुपर्ने अडान लिँदै आएको छ। त्यसमा सत्तारूढ दलहरूले आफ्ना नेतासँग सहमति लिन भन्दै वैठकबाट बाहिरिएका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.