काठमाडौँ । एनएमबि बैंक लिमिटेडको नाफा ४५.६१ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १३.७२ प्रतिशतले बढेर ४ अर्ब २५ करोड ३२ लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी १७.३८ प्रतिशतले बढेर १ अर्ब १० करोड ८३ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १४.२८ प्रतिशतले बढेर ५ अर्ब ६८ करोड ४६ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ९५ करोड ७६ लाख रुपैयाँबाट घटेर ३४ करोड ४७ लाख रुपैयाँमा झरेको छ। इम्पेरमेन्ट चाज घट्दा बैंकको सञ्चालन मुनाफा ५१.४२ प्रतिशतले बढेर २ अर्ब ९६ करोड २८ लाख रुपैयाँ पुगेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८४ पैसा बढेर २१ रुपैयाँ ८२ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०.९५ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ २५ पैसा रहेको छ।
पुस मसान्तसम्ममा बैंकले २ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ६९ करोड रुपैयाँ सञ्चित छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।