काठमाडौँ । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब १६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.७१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ८.२७ प्रतिशतले घटेर १ अर्ब १९ करोड १ लाख रुपैयाँमा सीमित भएको छ भने खुद फि तथा कमिशन आम्दानी १२.२८ प्रतिशतले बढेर ९९ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३.५० प्रतिशतले घटेर ६ अर्ब ७१ करोड ६ लाख रुपैयाँमा सिमित भएको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ७३ करोड २६ लाख रुपैयाँबाट घटेर १ अर्ब ९२ करोड ९२ लाख रुपैयाँमा झरेको छ। इम्पेरमेन्ट चाज घटेका कारण बैंकको सञ्चालन मुनाफा २४.०८ प्रतिशत बढेर १ अर्ब ७९ लाख ३० हजार रुपैयाँ पुगेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४१ पैसा बढेर ९ रुपैयाँ ५५ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ५० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२.२२ गुणा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३६ करोड ८५ लाख रुपैयाँ रहेको छ।
पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। चुक्ता पूँजी २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ६५ करोड १३ लाख रुपैयाँ सञ्चित छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।