add

राष्ट्रिय एकताको लागि बुद्धको सन्देश आत्मसात् गर्न राष्ट्रपतिको आह्वान






ActPro Nepal

|

१० जेठ, २०८१

|
213

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महामानव गौतम बुद्धका प्ररेणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा नेपाली समाजमा आपसी सद्भाव र राष्ट्रिय एकतामा बल पुग्ने बताएका छन् । 

उनले शान्तिका प्रतीककारुपमा विश्वभर सम्मान गरिने बुद्धको जन्मभूमि नेपाल हुनु नै नेपालीका लागि गौरवको विषय भएको बताए । 

बिहीबार २५६८ औँ बुद्ध जयन्तीका सन्दर्भमा शुभकामना सन्देशमार्फत् उनले भनेका छन्, ‘शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय हो । उहाँका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।’

राष्ट्रपति पौडेलले बुद्ध जयन्तीका अवसरमा गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न समेत आह्वान गरेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.