add

नागरिकले महशुस गर्ने गरी सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन






ActPro Nepal

|

१० जेठ, २०८१

|
258

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले नागरिकले महशुस गर्नेगरी सरकारी सेवा प्रवाह गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

बुधवार मकवानपुरको हेटौँडामा बसेको वागमती प्रदेशको सुरक्षा समितिको बैठकमा सहभागी हुँदै गृहमन्त्री लामिछानेले यस्तो निर्देशन दिएका हुन्। उपप्रधान एवं गृहमन्त्री लामिछानेले सरकारी सेवा प्रवाह नतिजामुखी र नागरिकले महशुस गर्ने गरी व्यवस्थापन गर्न निर्देशन दिएका हुन्। गृहमन्त्री लामिछानेले शान्ति सुरक्षा र अपराध नियन्त्रणको काममा बढी जोड दिन पनि निर्देशन दिएका छन्।

गृह प्रवक्ता नारायण भट्टराईले भने, ‘शान्ति सुरक्षा र अपराध नियन्त्रणको कामहरुका बारेमा पनि छलफल भएको छ। गृह मन्त्रालयले विकास निर्माणका काममा आवश्यक समन्वय र सहजीकरण गर्ने, सेवा प्रवाहमा आवश्यक समन्वय, सहजीकरण र नियमन गर्ने, सुशासन प्रवन्धनमा सहयोग गर्ने, नागरिकको गुनासा सुन्ने र त्यसलाई सम्बोधन गर्ने लगायतका काम हुन्छन्। नागरिकले महशुस गर्ने गरी र नतिजामुखी भएर काम र सबै क्षेत्रमा सुधार गर्न उहाँले निर्देशन दिनुभएको छ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.