काठमाडौं । संघीय संसद्अन्तर्गत दुईवटा संसदीय समितिको बैठक आज बस्दै छ । अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लोगेको हो ।
दिउँसो २ बजे बस्ने अर्थ समितिको बैठकमा मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ । कार्यसूचीमा विविध विषय पनि उल्लेख छ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक मध्याह्न साढे १२ बजे बस्नेछ । बैठकमा समितिको आन्तरिक काम कारबाही तथा विविध विषयमा छलफल हुने कार्यसूचीमा उल्लेख छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।