add

लगानी कोषले सिउरी न्यादी पावरको आइपीओ प्रत्याभूति गर्ने






ActPro Nepal

|

७ वैशाख, २०८१

|
93

काठमाडौं । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेड बीच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको साधारण सेयर (आइपीओ)को कोषले प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता आज हस्ताक्षर भएको हो।

सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईँले हस्ताक्षर गरे । न्यादीले प्रतिकित्ता रु १०० दरले ३ करोड ३ लाख ६० हजार ७८४ कित्ता आइपीओ निष्कासन गर्दैछ ।

उक्त सेयरको रु ३ अर्ब ३ करोड ६० लाख ७८ हजार ४०० बराबरको सेयर प्रत्याभूति कोषले गर्ने भएको हो । यसभन्दा अघि पनि कोषले धेरै कम्पनीसँग सेयर प्रत्याभूतिको कार्य गरिसकेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.