काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १७औं वार्षिकोत्सवको अवसरमा विभिन्न सेवाहरूमा छुट अफर ल्याएको छ ।
बैंकले वैशाख ७ गते मनाउने वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न सुविधामा छुट, क्यासब्यक, लगायतका योजनाहरू ल्याएको हो ।
यस योजना अन्तर्गत डेबिट–क्रेडिट कार्ड प्रयोगकर्ताहरूले पस मेसिन र अनलाईन मार्फत १ हजार वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढिमा १७० रुपैयाँ क्यासब्याक दिइने छ ।
यस्तै, सिटिजन्स स्मार्ट मार्फत क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरूको लागि पनि ५०० रुपैयाँ वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा १७० रुपैयाँ क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ ।
डिजिटल भुक्तानीको अर्को माध्यम ई-कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधीभरमा ई-कम कार्ड लिन चाहने ग्राहकलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने जनाएको छ ।
बैंकले यो योजना अवधिभर ग्राहकहरूका लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था गरेको छ । साथै बैंकका निष्क्रिय मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई योजना अवधिभर सेवा सक्रिय गर्दा एकमुष्ठ १५० रुपैयाँ छुट प्रदान गरिने समेत जानकारी बैंकले गराएको छ ।
छुट सुविधा वैशाख १ गतेदेखि ३१ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।
बैंकले देशैभरी रहेका १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट १७ लाख ४६ हजार बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।