add

यति एयरलाइन्सले २ वर्षमुनिका बालबालिकाको भाडा नलिने






ActPro Nepal

|

१ वैशाख, २०८१

|
215

काठमाडौं । यति एअरलाइन्सले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा २ वर्षभन्दा मुनिका बालबालिकालाई हवाइ भाडा निःशुल्क गर्ने घोषणा गरेको छ। सामाजिक सञ्जालहरुमार्फत ‘साना यात्रुका लागि निःशुल्क यात्रा’ योजना सार्वजनिक गर्दै यतिले शिशुहरुलाई हवाइ भाडा शतप्रतिशत छुट गर्ने घोषणा गरेको हो।

हरेक बालबालिकाले आफ्नो जीवनको पहिलो उडानको अनुभव यती एअरलाइन्समार्फत नै सुरुवात होस् भनेर यो योजना ल्याइएको यती एअरलाइन्सले जानकारी दिएको छ । हाल एअरलाइन्सहरुले २४ महिनासम्मका शिशुहरुको उडानमा सेवा शुल्क लिँदै आएका छन्।

यात्रुहरुलाई सुखद उडान यात्राको अनुभव दिन बच्चाहरुको हवाइ भाडामा शतप्रतिशत छुट गरिएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। उनका अनुसार हाललाई यो योजना नेपाली र विदेशी सबै शिशुहरुका लागि वैशाख १ देखि सीमित समयको लागि लागू गरिएको छ।

यो सुविधा लिनका लागि यात्रा गर्दा अभिभावकहरुले यति एअरलाइन्सको चेकइन काउण्टरमा आफ्नो बच्चाको जन्मदर्ता अनिवार्य रुपमा देखाउनुपर्नेछ। यतीले बालबालिका, वृद्ध र फरक क्षमता भएका यात्रुहरुका लागि विशेष काउण्टरमार्फत सेवा दिँदै आइरहेको छ।

हाल यति एअरलाइन्सले ७ वटा एटीआर–७२ विमानमार्फत दैनिक ६५ भन्दा बढी उडान गरी ४ हजारभन्दा धेरै यात्रुहरुलाई सेवा दिँदै आएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.