add

प्रदेस सांसद इन्दिरा गिरीलाई रञ्जिताले गरिन कारबाही






ActPro Nepal

|

२१ चैत, २०८०

|
384

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा राज्यमन्त्री इन्दिरा गिरी कारबाही परेकी छिन्।

पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई कारबारी गदैृ पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएकी छन्।

रेशम चौधरी पक्षले मुख्यमन्त्री कमलबहादुर शाह सरकारमा गिरीलगायतलाई मन्त्री पठाएको थियो। लगत्तै रञ्जिताले सरकारबाट तत्काल फिर्ता आउन संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी थिइन्। तर, उनको निर्देशन कार्यान्वयन भएन।

नागरिक उन्मुक्ति पार्टीका ७ मध्ये ५ सांसद प्रदेश अहिले सुदूरपश्चिम सरकारमा छन। जसमा गिरी कृषि राज्यमन्त्री छन्। तर, रञ्जिताले मन्त्री बनेका अन्य चार जनालाई भने कुनै कारबाही गरेकी छैनन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.