add

उपनिर्वाचनको उम्मेदवार छान्न कांग्रेसको आजपनि बैठक






ActPro Nepal

|

२१ चैत, २०८०

|
69

काठमाडौ ।  बैशाख १५ मा हुने उपनिर्वाचनका लागि एमाले, रास्वपा लगायत अन्य दलले उम्मेदवारी घोषणा गरेर प्रचारमा लागेका छन् । तर नेपाली कांग्रेसले भने अझैसम्म उम्मेदवारकै टुंगो लगाउन सकेको छैन । 

उम्मेदवार छान्न सोमबार र मंगलबार दिनभर सभापति शेरबहादुर देउवाले पार्टीभित्र नेताहरूसँग छलफल गरिरहेका छन् । तर सहमति जुटेको छैन । कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा नेताहरूबीच मतभेद भएको छ । 

मंगलबार उम्मेदवारको टुंगो लगाउन नसकेपछि बुधबार पनि कार्यसम्पादन समितिको बैठक बस्दैछ । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीले उपनिर्वाचनका लागि उम्मेदवारी दिने र त्यही विषयमा छलफल भइरहेको बताए । ‘सिफारिस भएर आएका नामहरूमाथि छलफल भयो । विभिन्न चरणमा सबै नामहरूमाथि छलफल गरेपछि अब टुंग्याउने चरणमा पुगेको छ,’ उनले भने, ‘आज बस्ने बैठकले टुंगो लगाउँछ ।’

बुधबार पनि दिउँसो २ बजे बुढानिलकण्ठस्थित देउवाको निवासमा बैठक बस्दैछ । मंगलबारको बैठकमा सभापति देउवाले इलाम–२ मा डम्बरबहादुर खड्का र बझाङको प्रदेशसभा–१ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए । तर त्यसमा नेता शेखर कोइराला पक्षले असहमति जनाएको छ । 

देउवाको प्रस्तावमा नेता कोइराला र महामन्त्री गगन थापाले असहमति जनाएपछि मंगलबार उम्मेदवारको टुंगो लाग्न नसकेको हो ।  कोइराला पक्षले इलाम–२ मा भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउन प्रस्ताव गरेको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.