add

प्रहरी प्रधान कार्यालयका सइद्वारा ठगी र शोषण






ActPro Nepal

|

१२ चैत, २०८०

|
352

काठमाडौँ । एक प्रहरी अधिकृतले बिहे गर्ने आश्वासन दिई महिलालाई ठगी र यौन शोषण गरेका छन् । प्रहरी प्रधान कार्यालयको सवारी महाशाखामा कार्यरत प्रहरी नायब निरीक्षक(सइ) मदन तामाङले ५४ लाख रुपैयाँ ठगी गरेका हुन् ।

उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाएको छ । एकल महिलालाई उनले आफु अविवाहित रहेको भन्दै प्रेमको नाटक गरेर ठगी गरेका हुन् ।

पछि तामाङ विवाहित रहेको खुलेपछि उनीहरुको सम्बन्ध बिग्रिएको थियो । त्यसपछि महिलाले पैसा फिर्ता माग्दा पनि बर्दीको आडमा धम्काएपछि पीडितले उजुरी गरेका हुन् । छानबिन समितिको उजुरीका आधारमा उनलाई कारबाही प्रक्रिया अघि बढाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.