add

पर्यटनमा बढ्दै छ उत्साह,दुई महिनामै भित्रिए १ लाख ७६ हजार






ActPro Nepal

|

२० फागुन, २०८०

|
285

काठमाडौँ । पछिल्लो समय नेपाल आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । कोराना महामारीको असर कम भएर निर्धक्क भएर घुम्ने वातावरण बनेसँगै पर्यटकको आगमन बढ्दै गएको हो ।

०२४ को फेब्रुअरी महिनामा ९७ हजार ४२६ जना पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुअरी महिनामा मात्रै झन्डै १ लाख विदेशी नागरिक अध्यागमन विभाग (हवाई माध्यम) मार्फत नेपाल घुम्न आएका हुन् ।

बोर्डका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यो वर्षको फेब्रुअरीमा २४ हजार १७१ जना बढी पर्यटक नेपाल आएका हुन् । अघिल्लो वर्ष सन् २०२३ को फेब्रुअरीमा ७३ हजार २५५ जना विदेशी नागरिक हवाई माध्यमबाट नेपाल भित्रिएका थिए ।

यस्तै, सन् २०२४ को जनवरी महिनामा विदेशबाट नेपाल घुम्नका लागि ७९ हजार १०० जना आए । जबकि, सन् २०२३ को जनवरीमा ५५ हजार ७४ जना मात्रै विदेशी नेपाल घुम्न आएका थिए । यो २०२३ को जनवरीको तुलनामा २४ हजारले बढी हो । स्थलमार्ग हुँदै नेपाल आउनेको सङ्ख्या यसमा जोडिएको छैन ।

अघिल्लो वर्षको तुलनामा विदेशी पर्यटकको सङ्ख्या दोब्बर बढ्नुले नेपालको पर्यटनमा सुखद भएको विश्लेषण गरिएको छ ।

कुन देशबाट कति पर्यटक ?

नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्याको शीर्ष स्थानमा दक्षिण छिमेकी भारत छ । भारतबाट मात्रै यो दुई महिनामा ५० हजार पर्यटक नेपाल आएका छन् । भारतबाट धेरैजसो धार्मिक पर्यटक नेपाल भित्रने गर्छन् । उनीहरू नेपालको लुम्बिनी, मुक्तिनाथ, पोखरा, पशुपतिनाथ लगायतका धार्मिकस्थलको दर्शन गर्ने लक्ष्यसहित आउँछन् । यस बाहके नेपालको पहाडी र हिमाली क्षेत्रले समेत भारतीय पर्यटकलाई लोभ्याउँदै आएको छ ।

यसपछि, १६हजार ४४७ जना पर्यटक चीनबाट आएका छन् । जनवरी र फेब्रुअरी महिनामा नेपाल भित्रने धेरै पर्यटकको सङ्ख्याको दोस्रो स्थानमा चिनियाँ छन् । तर, चीन र भारतबिचको पर्यटकको भिन्नता भने फराकिलो छ । यस्तै, धेरै पर्यटक भित्रिने मुलुकको सूचीको तेस्रो स्थानमा अमेरिका छ । अमेरिकाबाट यस अवधिमा १६ हजार १३६ जना पर्यटक भित्रिएका छन् ।


हालसम्मको अवधिमा चीन र अमेरिकाबाट भित्रने पर्यटकको सङ्ख्या उस्ताउस्तै छ । यसपछि थाइल्याण्डबाट दुई महिनाको अवधिमा ९ हजार ४१८ जना पर्यटक नेपाल भित्रिएका छन् । थाइल्याण्डबाट विशेष गरी नेपालको लुम्बिनी भ्रमणमा पर्यटक आउने गर्छन् । यस्तै, संयुक्त अधिराज्यबाट ८ हजार पर्यटक आउँदा बंगलादेशबाट ७ हजार ७०० पर्यटक नेपाल आएका छन् ।

अस्ट्रेलियाबाट ६ हजार, दक्षिण कोरियाबाट ३ हजार ८००, भुटानबाट २ हजार २२९, जापानबाट १ हजार ५६८ जना भित्रिएका छन् । यस्तै, म्यानमारबाट ३ हजार, जर्मनीबाट २ हजार ५०० जना पर्यटक घुम्नका लागि नेपाल आएका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.