add

प्रभु महालक्ष्मी लाइफको नाफा ३६ प्रतिशत बढ्यो






ActPro Nepal

|

२९ माघ, २०८०

|
131

काठमाडौं । प्रभु महालक्ष्मी लाइफले ६ महिनामा साढे १७ करोड बढी खुद नाफा कमाएको छ । कम्पनीले आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले १७ करोड ६४ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको दोस्रो त्रैमासको तुलनामा ३६.१० प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १२ करोड ९६ लाख २९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि शतप्रतिशत (१०२.३८ प्रतिशत) बढेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९८ करोड ७५ लाख १७ हजार रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको थियो । तर, चालु आवको दोस्रो त्रैमासमा भने कम्पनीले १ अर्ब ९९ करोड ८५ लाख १४ हजार रुपैयाँ कायम भएको छ । सो अवधिमा कम्पनीको लगानी तथा ऋणबाट हुने आम्दानी पनि उल्लेखय वृद्धि भएको छ । गत वर्षको तुलनामा कम्पनीको यस्तो आम्दानी १४३.६७ प्रतिशत बढेर ५६ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

यता, कम्पनीको कुल दावी भुक्तानीमा पनि ८७.४० प्रतिशत बढोत्तरी देखिएको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले ३८ करोड ४१ लाख ८३ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको थियो । तर, यो वर्षको सोही अवधिमा भने ७१ करोड ९९ लाख रुपैयाँ भुक्तानी दिएको छ।

समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी २ अबृ ६० करोड १४ लाख र कुल खर्च २ अर्ब ४२ करोड ४९ लाख रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ । कम्पनीको रिटेन्ड अर्निङ्गमा ६६ करोड ८६ लाख र अन्य इक्विटीमा ९ करोड २६ लाख ९४ हजार रुपैयाँ छ ।

हाm कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ९२ पैसा रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.