add

आज २०८० माघ २९ गते साेमवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल






ActPro Nepal

|

२९ माघ, २०८०

|
1068

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० माघ २९ गते | साेमवार १२ फेब्रुअरी २०२४। माघ शुक्लपक्ष तृतीया तिथि। पूर्वभाद्रपदा नक्षत्र। चन्द्रराशि कुम्भ, १३ः५६ बजेपछि मीन।

आजको राशिफल

मेष : दिन राम्रो छ। परिवारबाट सहयोग मिल्नेछ। शिक्षा सफलता, स्वास्थ्यमा लाभ र सामाजिक क्षेत्रमा नाम रहनेछ। विदेशमा गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ।

वृष : समय राम्रो छ। बौद्धिक मित्रसँगको भेटले ज्ञान प्राप्त हुनेछ। परिवारको सहयोग मिल्नेछ। स्वदेशमा देखिएको सम्भावनालाई अगाडि बढाएमा रोजगारी मिल्नेछ।

मिथुन : परिवारबाट सहयोग मिल्नेछ। खानपानमा ख्याल नगरेमा स्वास्थ्यमा समस्या हुनसक्छ। धार्मिक क्षेत्रका अगुवासँगको भेटले दिन रमाइलो बन्नेछ। विदेशमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। परिवाले हरेक काममा साथ दिने देखिन्छ।

कर्कट : समय सामान्य छ। हरेक क्षेत्रमा झुटा आरोप सुन्नुपर्ने हुनसक्छ। ऋणको भार थपिने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्धमा खटपट हुने भएकाले सचेत हुनुपर्ने देखिन्छ।

सिंह : दिन राम्रो छ। आफन्तले सहयोग गर्नेछन्। शिक्षा क्षेत्रमा गरेको लगानीले नाम र दाम दुवै उपलब्ध हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। साथीको सहयोगमा सोचेको काम बन्नेछ।

कन्या : परिवारबाट सहयोग मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको प्रयासले राम्रो नतिजा दिनेछ।

तुला : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। अचानक पुरानो रोगले सताउने जोखिम छ। आफन्त र परिवारले साथ दिनेछन्। वैदेशिक क्षेत्रमा लगानी भए राम्रो लाभ हुनेछ।

वृश्चिक : समय सामान्य छ। आफ्नाबाट अपमानित भएको सुन्नुपर्ने हुनसक्छ। शिक्षाबाट फाइदा हुनेछ। स्वास्थ्य अवस्थामा कुनै जोखिम छैन। सामाजिक क्षेत्रमा हात अगाडि नबढाउनु राम्रो हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गर्ने उपयुक्त समय होइन।

धनु : दिन सामान्य राम्रो छ। आँखा र मस्तिष्क सम्बन्धी समस्या देखिन सक्छ। बिहान सूर्यलाई जल चढाएमा समस्या कम हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। विदेशमा हुनुहुन्छ भने लाभ हुनेछ। परिवारको सहयोग मिल्नेछ।

मकर : समय सामान्य छ। आफ्नै कारण हरेक ठाउँमा विवाद हुनसक्छ। परिवारको साथ मिल्नेछ। बन्धुबाट सकारात्मक सुझाव प्राप्त हुनसक्छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट तपाईंलाई फाइदा हुनेछ।

कुम्भ : शनिदेवलाई खुसी पार्नुपर्ने देखिन्छ। हुनमानको पूजा गर्नु फाइदाजनक हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। परिवारको सहयोग रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन राम्रो छ। परिवार र साथीभाइको सहयोग मिल्नेछ। समाजमा प्रशंसा हुनेछ। लगानी गरेको भए शिक्षामा फाइदा हुनेछ। धार्मिक कार्यमा संलग्न हुनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.