add

एसियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, ४२% हकप्रद सेयर पनि जारी गर्ने






ActPro Nepal

|

२१ माघ, २०८०

|
99

काठमाडौँ । एसियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको माघ १९ गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित नाफाबाट ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४० प्रतिशत नगद गरी कुल ८.१५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

यस्तै, बैठले बोनस सेयर वितरणपछि नेपाल बीमा प्राधिकरणले तोकेको ५ अर्ब चुक्ता पूँजी पुर्याउन ४२ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ४२ करोड रुपैयाँ बराबरको १ करोड ४२ लाख कित्ता बढी हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब १५ करोड ५३ लाख ५१७ रुपैयाँ रहेको छ । गत वर्षको नाफाबाट ७.७५ प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ पुग्नेछ ।

कुल पूँजीको ४२ प्रतिशत अर्थात् १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ ९४ पैसा बराबर हकप्रद जारी भएपछि कम्पनीको चुक्त पूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ ९४ पैसा पुग्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.