काठमाडौं । सेयर बजार लगातार दोस्रो दिन दोहोरो अंकले बढेको छ । आइतबार दोहारो अंकले बढेको नेप्से आज पनि १० अंकले बढेको हो।
यससँगै नेप्से परिसूचक फेरि २१०० विन्दु माथि उक्लिएको छ । सोमबार नेप्से परिसूचक १०.२६ अंकले बढेर २१०४.७२ विन्दुमा पुगेको छ ।यसअघि गत माघ ४ गते नेप्से २१०० विन्दु माथि थियो ।
आज सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७३ करोड रुपैयाँले बढेर ४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।
आइतबार यसदिन ३११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७०५ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ को घटेको छ । अन्य समूहको परिसूचक सर्वाधिक १.६४ प्रतिशतले बढेकोे छ ।
आज पनि हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ६० करोड १६ लाख रुपैयाँको ९ लाख ४०४ कित्ता सेयर किनबेच भएको छ ।
दोहोरो अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । युनियन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.