काठमाडौं । नेको इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षमा रमेशकुमार निरौला चयन भएका छन् ।
कम्पनीको २८ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालकहरु निर्वाचित गरेसँगै निरौला अध्यक्ष चयन भएका हुन् । निरौला यसअघि पनि कम्पनीको अध्यक्ष भइसकेका थिए।
कम्पनीमा संस्थापक सेयरधनिको तर्फबाट २ जना र सर्वसाधारण सेयर धनिको तर्फबाट ३ जना गरी ५ जना सञ्चालक निर्वाचित भएका हुन् । संस्थापकबाट निरौलाका साथै प्रताप सुवेदी सञ्चालक बनेका छन् । साधारण सेयरधनिको तर्फबाट भरतकुमार अधिकारी, भानुभक्त पोखरेल र निलिमा श्रेष्ठ चुनिएका छन् ।
साधारण सभाले कम्पनीको २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.