add

पार्टी नेतृत्वमा अहिले मेरो विकल्प छैन :अध्यक्ष प्रचण्ड






ActPro Nepal

|

१४ माघ, २०८०

|
381

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको बताएका छन् ।

सहिद प्रतिष्ठान नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीको नेतृत्वमा अझै आफ्नो जिम्मेवारी रहेको निष्कर्षमा आफू रहेको बताएका हुन् । 

अध्यक्ष प्रचण्डले पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने काम अझै बाँकी रहेको र उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि आफूले वातावरण बनाइदिने आश्वासन समेत दिए । उनले समान विचार भएका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध हुन पनि आह्वान गरे ।

उनले भने,‘मलाइ के लाग्छ भने अझै पनि जिम्मेवारी त्यही नेतृत्वको बाँकी छ भन्ने मेरो ठहर छ । मैले अहिले रातारात अर्को नेता युवाहरु आइहाल्छन् । उनीहरुले सबैलाई लगी हाल्छन् भन्ने स्थिति अझै तयार भइहालेको छैन । हाम्रो काम हो–त्यस्तो वातावरण बनाइदिनु । हामीले एकताको प्रक्रियाद्वारा, एकताको तागतद्वारा नयाँ पुस्तालाई फेरि नेतृत्वको निम्ति तयार पार्ने वातावरण बनाइदिने जिम्मेवारी हाम्रो हो । हामी त्यो जिम्मेवारीप्रति अहिले गम्भीर छौँ ।’

अध्यक्ष प्रचण्डले पार्टी नेतृत्वमाथि उदासीन हुने काम नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । कार्यक्रममा उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गराउन आफूहरुले बल गरिरहेको पनि बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.